यमलालको पारा ओलम्पिकमा जाने तयारी _ _प्रेरणाका स्रोत

%e0%a4%af%e0%a4%ae-%e0%a4%b0%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%b2%e0%a5%80-%e0%a4%8f%e0%a4%89%e0%a4%9f%e0%a4%be-%e0%a4%96%e0%a5%81%e0%a4%9f%e0%a5%8d%e0%a4%9f%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b8
यम रसाइली एउटा खुट्टाको सहाराले उदाहरणका रूपमा सिलाई कटाई व्यबसाय संचालक तथा थुप्रै सामाजिक कामकारबाहीमा सक्रिय मेची महाकाली साइकल यात्रा सम्पन्न गर्न सफल प्रिय् हितैसी मित्रको पसलमा स परिवार .
%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%81%e0%a4%b2%e0%a4%be%e0%a4%87-%e0%a4%98%e0%a4%b0-%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a4%bf%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%ae%e0%a4%be
बिन्धुलाइ घर बाहिरको समाजमा घुलमिल गराउने देय का साथ ट्राइसाकल उपलब्ध गराइयो सहयोगि लम्कि चुवा नगरपालिका बितरण सस्था अपांग चेतना समाज कैलाली
%e0%a4%9f%e0%a5%81%e0%a4%b0-%e0%a4%a6%e0%a4%bf-%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be-%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%b2-%e0%a4%b0%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a4%97
टुर दि पोखरा मा साइल राइडगर्दै
%e0%a4%97%e0%a5%8b%e0%a4%a1%e0%a4%be%e0%a4%ab%e0%a5%81%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a5%88-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a4%a6
गोडाफुकाल्दै निकै आन्नद को महशुस किनकी बैसाकी छाडेर गोडामा हिनेको आज महिनौ दिन भयो यीसबैका लागि प्रेणा र्सोत हाम्रो सस्था अपांग चेतना समाज कैलाली का अध्यक्ष प्रेम बयाक ज्यू धेरै धेरै धन्यवाद नदिरहन सक्दिन
%e0%a4%86%e0%a4%9c-%e0%a5%a8%e0%a5%ac%e0%a4%95%e0%a4%bf%e0%a4%ae%e0%a4%bf-%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%95%e0%a4%b2-%e0%a4%95%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%87-%e0%a4%b2%e0%a4%ae%e0%a5%8d
आज २६किमि साइकल कुदाइ लम्की चिसापानी कर्णाली पुलखल्लोतिवारमा रमाउने निउमा
yatra-ko-kram-ma-yamlal-sanga-unka-sahayatri
yatra ko kram ma yamlal sanga unka sahayatri
yamlal-near-by-nepal-longest-bridge
yamlal near by nepal longest bridge
with-nepal-cycling-assocation-chairman-chimmi-urgen-gurung
with nepal cycling assocation chairman chimmi urgen gurung

banner

14938159_991608984277247_5987324509652322800_n
Near Nepal longest karnali bridge

एउटा भनाइ छ ‘जित्ने मान्छेले नकारात्मक घटनाबाट सकारात्मक बाटो पहिल्याउन सक्छ। हार्ने मान्छे चिन्ता पालेर बस्छ। मेरो सबै स्वाहा भयो, अब केही गर्न सक्तिन भनेर सोच्छ।’ यमलाल रसाइलीले पनि आफूलाई कमजोर सोचेर बसेको भए अहिले घरमै थन्किएर बसेका हुन्थे। तर उनले कमजोरीलाई शक्तिमा बदले र पो अहिले नाम, दाम र शानको जीवन बाँचेका छन्। ३७ वर्षे यामलालको एउटा खुट्टा छैन। तर उनले एउटै खुट्टाले साइकलको पाइडल ठेलेर नेपालका ३७ जिल्ला घुमेका छन्। यतिमात्रै होइन उनले गाउँमै सिलाई दोकान चलाएका छन्। त्यस ठाउँकै नामी सिलाईकटाई मास्टर हुन्। उनले थुप्रै सांगलाई जीवन सिकाएका छन्।

कौतुहलता लाग्ला यो कसरी सम्भव भयो ? मैले यही प्रश्न यमलाललाई गरें, ‘शरीरका एक–दुई अंग नभएर के भो ? अन्य अंग त छन् नि ? जीवन अभ्यास हो। सकारात्मक अभ्यास गर्ने सहास गरी जिइ हेर जीवन बडो सुन्दर र आनन्ददायी बन्छ, मैले आफैंबाट सिकेको यही हो’ यमलालले भने। ‘म एक खुट्टाले ३७ जिल्ला घुमेको छु। सिलाई पसल चलाएको छु। तालिम दिन्छु। जहान परिवार सुखमै राखेको छु। जीवन खुशीले बाँचेको छु।’

यामलाल ४ वर्षको हुँदा खुट्टा भाँचिएछ। कैलालीको लम्की चुवाको गाउँ अहिलेजस्तो सचेत भइसकेको थिएन। धामीझाँक्री गरे ठिक हुन्छ भन्ने विश्वासभन्दा पनि अन्धविश्वास थियो। नभए काप्रो बाँधे निको हुन्छ भन्थे। गरिब र निम्न वर्गीय यामलालको परिवारले त्यसै गरे तर ठिक भएन। पछि सेती अञ्चल अस्पताल पु¥याउँदा पो थाहा भयो उनको खुट्टा कामै नलाग्ने भइसकेछ। यसरी उनको दायाँ खुट्टाको तिघ्रा मुनिको भाग काटियो।

बुझ्ने भएदेखि नै हिम्मतिला यामलाल साथीभाइ, परिवार, छरछिमेकको सहारामा हुर्कँदै १८/१९ वर्षको भइसकेका थिए। नेपाल अपांग संघबाट सिलाईकटाई तालिम लिए। प्रशिक्षकको काम पनि पाए। तर घरदेखि टाढा कोठा भाडामा लिएर बस्नुप¥यो। शुक्रबार परिवार भेट्न फर्कन गाडी चढ्नै लाग्दा यामलाललाई गाडीबाट खसालीदिए। साह्रै कमजोर रहेछु भन्ने यमलाललाई लाग्यो। ‘यो घटनाले मलाई नराम्रोसँग चिमट्यो। के गरौं कसो गरौं भयो। मन विक्षिप्त भयो,’ यामलालले भने, ‘त्यसैदिन एउटा निर्णय गरेँ। अब यसरी अरुको भर परेर हुँदैन आफैं आत्मनिर्भर हुनुपर्छ।’

जीवनमा जित्नु छ, अरुभन्दा फरक हुनु छ भने दुखद् दिनबाट सुख्द दिनको सुरुवात गर भन्ने यामलालले त्यही घटनाबाट सिके। काकाको साइकल पसल थियो। यामलालले साइकल नै सिक्न थाले। ‘सुरुमा गाह्रो भयो। कति पछारिएँ तर लक्ष्य छोडिन्,’ यमलालले पुराना दिन सम्झे, ‘दुख भयो भनेर मैले बीचमै छाडेको भए अहिले यहाँ हुने थिइन्।’

केही समयमा साइकल सिकेर पनि ४० किलोमिटर परदेखि घर आउजाउ गर्न थालेका यामलालमा अर्को काम गर्ने सनक चढ्यो। एउटी अमेरिकी अपांग महिलाले सगरमाथा चढेको खबर सुनेपछि यामलालमा खुशीको सञ्चार गरेको थियो। पुस्कर शाहको विश्व साइकल यात्राले थप उत्साह थप्यो। अब म जहाँ पनि साइकल चलाउन सक्छु भने अब साइकलमै नेपाल यात्रा गर्छु भन्ने उनको मनमा जाग्यो।

२०५९ सालमा यमलालले साइकल यात्रा थाले। पश्चिम कञ्चनपुरदेख पूर्वी काकडभिट्टा पुगे। विभिन्न पहाडी जिल्ला हुँदै राजधानी, गोरखा, पोखरा, बेनी पुगे। पनि आएका थिए। २०५९ सालमै उनले साइकलमा नेपालका ३३ जिल्ला भ्रमण गरे। अहिलेसम्म ३७ जिल्ला घुमिसकेका छन्। उनी अहिले कहिले काठमाडौं, कहिले धरान, कहिले पूर्वी झापा त कहिले पोखरामा साइकलमै गुडिरहेको भेटिन सक्छन्। किनकी उनी साइक्लिङ प्रतियोगितामा भाग लिन ठाउँठाउँ पुग्छन्। साइक्लिङ प्रतियोगितामा उनले थुप्रै सांगलाई जितेका छन्। देशका विभिन्न ठाउँमा साइकल ¥यालीमा भाग लिन पुग्छन्।

एउटा खुट्टाले साइकल चलाएर मात्रै होइन विभिन्न प्रतियोगिता र ३७ जिल्ला साइकलबाटै यात्रा गरेर चकित बनाएका यामलालको भावी योजना के छ त ? ‘साइक्लिङ च्याम्पियनसिपमा भाग लिन मन छ। त्यसका लागि पारा ओलम्पिकमा जाने तयारी गर्दैछु। एउटा खुट्टा नभएको एक नेपालीले पारा ओलम्पिक जित्यो भनेर यो देशको नाम रोशन गर्न चाहन्छु,’ उनले सुनाए।

 

From : http://setopati.com

Leave a comment