इमानी बैंकर …

सुनको तेजाबी, गहीरो रातमा,

एक ब्यक्ती उभिएको छ, शान्त स्भावमा,

बैंकको सिपाही, ईमान्दार र खरा,

जसको निष्ठा छ अटल पहरा ।

हातमा कलम छ अनी इमान मनमा,

सबैकोे लागी उनी छीन जनमानसमा,

कसैले देख्छन सपना सुनको पहाडको,

उनी देखछीन सपना इमान आधारको ।

न टुट्छ उनको बचन, न फिर्छिन अनी पन्छिएर,

ग्राहाकको हितमा लाग्छीन उनी सधै एक चम्किलो तारा बनेर,

धनको रक्षक, निष्ठाको धरहरा,

धेरैको भरोसा जित्ने यो सत्कारी साहारा ।

समयले फकाउछ अनी लोभले गर्न खोज्छ मात,

तर बैंकर उभिन्छ, सधै निश्चल र चातुर्यपात,

निस्वार्थ सेवक अनी निष्ठा भित्र गहिरो,

उ नै हुन साँचो बैंकका इमानी हीरो ।

(युबराज खत्री

Leave a comment